काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।
२०७४ को संसदीय निर्वाचनमा एमालेको चुनाव चिन्हमा कपिलवस्तुबाट उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।