Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कांग्रेस सभापति चयन गर्न आज अपराह्न साढे ३ बजेदेखि फेरि मतदान

कांग्रेस सभापति चयन गर्न आज अपराह्न साढे ३ बजेदेखि फेरि मतदान

दैनिकी न्यूज

२८, मंसिर २०७८
कांग्रेस सभापति चयन गर्न आज अपराह्न साढे ३ बजेदेखि फेरि मतदान
images

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा आज अपराह्न साढे ३ बजेदेखि फेरि मतदान हुने भएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदैँछ । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुनेछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १२:२७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology