काठमाडौँ । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।
१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२ सय ५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७ सय २, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।
कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो । दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् । देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने भएका छन् ।