Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउन ओलीलाई प्रचण्डको चुनौति

ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउन ओलीलाई प्रचण्डको चुनौति

दैनिकी न्यूज

१, पौष २०७८
ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउन ओलीलाई प्रचण्डको चुनौति
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ५ बुँदे सहमति गरेको भनेर बुधबार सार्वजनिक कार्यक्रममार्फत आरोप लगाएका थिए ।

सो अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेरओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका हुन् ।

सम्झौाता प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि टिप्पणी गरेका छन् । उनले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचणडले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी पनि गरेका छन् । नेपालको सेयर बजारका सन्दर्भमा आफ्नो पार्टी लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको उल्लेख गरेका छन् ।

दलाल पुँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन भन्दै उनले सेयर होल्डरहरुसँग आग्रह समेत गरेका छन्। यसअघि प्रचण्डले सेयरबजारबारे दिएको नबुझेरै अभिव्यक्ति दिएको भन्दै ओलीले टिप्पणी गरेका थिए ।

images
प्रकाशित मिति :पौष १, २०७८ बिहिवार - ११:२४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology