Logo

बुधवार, श्रावण २७ गते २०८३

images

देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसीबारे होला त छलफल

देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसीबारे होला त छलफल

दैनिकी न्यूज

३, पौष २०७८
देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसीबारे होला त छलफल
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा जारी अवरोध एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको बताए । बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने संभावना छ ।  

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १६:५१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology