Logo

बुधवार, श्रावण २७ गते २०८३

images

चापागाउँमा रहेको पुल भाँच्चिदा टिपर चालकको मृत्यु

चापागाउँमा रहेको पुल भाँच्चिदा टिपर चालकको मृत्यु

दैनिकी न्यूज

६, पौष २०७८
चापागाउँमा रहेको पुल भाँच्चिदा टिपर चालकको मृत्यु
images

ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । सहचालक भने सकुसल रहेको छ ।

पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी वडा नं. ७ बुरुञ्चुलीका ३० वर्षका अजय मार्फाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले दैनिकीन्युजलाई जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो ।

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - ११:२६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology