काठमाडौं । आज नेपाली कांग्रेसले प्रदेश २ मा प्रदेश अधिवेशन सुरु गर्दैछ।
६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ मा अधिवेशन गर्न लागेको हो। यो अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ।
प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना उम्मेदवार मैदानमा देखिएका छन्। प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापति पदका आकांक्षी छन्।
रामसरोज विमलेन्द्र निधि निकट र कृष्णा शेरबहादुर देउवा निकट मानिन्छन्।