Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कोरोना भाइरसबाट ५७२ जनाको मृत्यु

ललितपुरमा कोरोना भाइरसबाट ५७२ जनाको मृत्यु

केशव घिमिरे

८, पौष २०७८
ललितपुरमा कोरोना भाइरसबाट ५७२ जनाको मृत्यु
images

ललितपुर । ललितपुर जिल्लामा हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ५७२ जनाको मृत्यु भएको छ । ललितपुर महानगरमा ४१९, महालक्ष्मी नगरपालिकामा ६५, गोदावरी नगरपालिकामा ७६, कोन्ज्योसोम गाउँपालिकामा ५, वागमती गाउँपालिकामा २ र महांकाल गाउँपालिकामा ५ जना गरी ५७२ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत सतिश विष्टले जानकारी दिए ।

ललितपुर जिल्लामा हाल २४५ जना संक्रिया संख्या रहेको विष्टको भनाई छ । उनका अनुसार हालसम्म जिल्लामा ६ लाख ९५ हजार ३४७ जनामा पिसिआर र १८ हजार ६२१ जनामा एन्टिजेन्टबाट परीक्षण गर्दा ५२ हजार ३३१ जनामा कोरोना पोजेटिभ देखिएका छ । पोजेटिभ मध्ये ५१ हजार ५०२ जना निको भई भएको छ । बिष्टले भने, ‘जिल्लाको महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा कोरोना संक्रमित छैन । ललितपुर महनगरमा १९६, महालक्ष्मीमा ४१ र गोदावरी नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ छ ।’ ललितपुरमा ६३ प्रतिशत जनताले पहिलो खोप र ५५ प्रतिशतले दोस्रो खोप लगाइएको अधिकृत विष्टले बताए ।

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - ०९:३४:२६ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology