काठमाडौं । जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचना निकालेका हुन् ।
जनमत पार्टीले केही दिनदेखि सिरहामा पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि सर्वसाधारणलाई पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको सूचनामा उल्लेख छ ।
आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्नेसमेत बताइएको छ ।