Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, यस्तो छ तीन दिनको मौसम

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

१६, पौष २०७८
काठमाडौं उपत्यकामा बाक्लो हुस्सु, यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली रहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ।

काठमाडौंमा बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित भएका छन्। भिजीविलिटी कम हुँदा आन्तरिक उडान रोकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनृुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

२०७८ पौष  गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ

 राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - ०८:२३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology