Logo

बुधवार, श्रावण २७ गते २०८३

images

भिजिबिलिटी घटेसँगै त्रिभुवन विमानस्थलमा उडान ठप्प

भिजिबिलिटी घटेसँगै त्रिभुवन विमानस्थलमा उडान ठप्प

दैनिकी न्यूज

१६, पौष २०७८
भिजिबिलिटी घटेसँगै त्रिभुवन विमानस्थलमा उडान ठप्प
images

काठमाडौँ । काठमाडौँमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी घटेको छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्। विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी नभएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान सबैको प्लाइट ठप्प भएको विमान स्थलले जनाएको छ ।

सामान्यता उडानका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो। कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - ०९:५१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology