काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सिंह र निधिले कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए। उनीहरुले सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सभापतिमा समर्थन गरेका थिए।
यस्तै गच्छदार र कोइराला उपसभापतिमा तथा महत महामन्त्रीमा पराजित भएका थिए। पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले १४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्।
कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतस् केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।