Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

दैनिकी न्यूज

१९, पौष २०७८
एमालेले छान्यो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार
images

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १९ जना उम्मेदवारको नाम टुंगो लगाएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ बाट असर्फी भिनवार यादव र विना साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, वाग्मती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी, गण्डकी प्रदेशबाट गोविन्दबहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा, सुदूरपश्चिम प्रदेशबाट नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २१:१३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology