Logo

बुधवार, श्रावण २७ गते २०८३

images

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न १ जना पक्राउ

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न १ जना पक्राउ

दैनिकी न्यूज

२६, पौष २०७८
झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न १ जना पक्राउ
images

काठमाडौं । झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान वेहोस भएकोले उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बालिकालाई उनकै आमाले २२ दिन पहिले उपचारका लागि उक्त घरमा ल्याई छोडेको बुझिन आएको थियो ।

ठकुरी उपर कर्तव्य ज्यान कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १४:०४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology