Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति एमालेको आपत्ति

लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति एमालेको आपत्ति

दैनिकी न्यूज

२७, पौष २०७८
लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति एमालेको आपत्ति
images

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भारतीय सरकारले नेपाली भूमि लिपुलेकमा गरिरहेको सडक विस्तारप्रति विरोध जनाएको छ।

एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने गतिविधि बन्द हुनुपर्ने बताएका छन्।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।’

यस विषयमा भारत सरकारसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू–भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि एमालेले माग गरेको छ।

वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइन नहुनेमा एमालेले जोड दिएको छ । भारतले गरेको यस्ता गतिविधिप्रति वर्तमान सरकार मौन रहनुले अनेकौं प्रश्न जन्माएको पनि विज्ञप्तिमा जनाएइएको छ । 

हेर्नुहोस विज्ञप्ति

1.jpg

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १७:२२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology