Logo

बुधवार, श्रावण २७ गते २०८३

images

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

दैनिकी न्यूज

७, माघ २०७८
भिजिट भिसामा खाडी र मलेसिया जान रोक
images

काठमाडौँ । सरकारले भिजिट भिसामा खाडी राष्ट्रहरु र मलेसिया जान रोक लगाएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण विश्वभर नै फैलिरहेको अवस्थामा भिजिट भिसामा गएकाहरु अलपत्र गर्ने क्रम बढेको भन्दै गृहमन्त्रालयले माघ १० गतेदेखि लागू हुने गरी रोक्ने निर्णय गरेको हो।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायम रहनेछ।

उनले जारी गरेको सूचनामा भनेका छन्, ‘कोभिड–१९ को ओनिकोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई विचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरु प्राप्त भएकोले मिति २०७८ माघ १० देखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १९:४८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology