Logo

बुधवार, श्रावण २७ गते २०८३

images

देशभरको मौसममा बदली, यस्तो छ मंगलबारसम्मको मौसम

देशभरको मौसममा बदली, यस्तो छ मंगलबारसम्मको मौसम

दैनिकी न्यूज

९, माघ २०७८
देशभरको मौसममा बदली, यस्तो छ मंगलबारसम्मको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकीप्रदेशका भू–भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०९ गते  (आईतबार)

दिउँसो :  देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ/गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।  सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ। 

२०७८ माघ १ गते  (सोमबार)

दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागमा  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

२०७८ माघ ११ गते  (मंगलबार)

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावनारहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - ०७:४०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology