Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मन्त्री दाहालले अनुगमन गरे एकान्तकुनाको यातायात कार्यालय

मन्त्री दाहालले अनुगमन गरे एकान्तकुनाको यातायात कार्यालय

दैनिकी न्यूज

१३, माघ २०७८
मन्त्री दाहालले अनुगमन गरे एकान्तकुनाको यातायात कार्यालय
images

ललितपुर । वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल ‘अनिास’ले विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।

“पहिलो कुरो त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, यित त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ, त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भने । ”

कार्यालयहरुमा कहीकतै सेटिङ रहेको पाएमा निर्मम तरिकाले कन्ट्रोल गर्ने मन्त्री दाहालले बताए । उनले भने, ‘कार्यालयभित्र कहीकतै कर्मचारीहरुको सेटिङ छ भने हामी खोजी हाल्छौ, त्यसलाई छोडिदैन हामी निर्मम तरिकाले कन्ट्रोल गर्छौँ ।’ यातायात मन्त्रालय वागमतीका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कायाृलय पुगेका थिए ।

सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् । सचिव शाहले अनलाईन प्रणालीको विकास गरिनेने बताए । ढड्डा प्रणलीले गर्दा आएको समस्याहरुको छिट्टै समाधान गरिने बताए । ‘ अनलाईन प्रणली विकास गरि ढड्डा प्रणालीका कारण आएको समस्या समाधान गरिने छ, निति ऐन कानुन बनाएर वागमती प्रदेशलई नमुना बनाउने गरि काम गरिने छ ,सचिव शाहले भने ’ ।

साथै उनले मन्त्री दाहालको योजना अनुसार नै सबै कार्यालयहरुमा अनुगमन जारी राखी विचौलियाहरुलाई रोक्ने र घुसिया कर्मचारीलाई कारवाही गरिने बताए । सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् ।

1.jpg

2.jpg

3.jpg

4.jpg

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १७:२१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology