काठमाडौँ। काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको शुक्रबारको बैठकले ट्याक्सी र निजी सवारीसाधनबाहेक सार्वजनिक यातायातमा जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो । यो निर्णय माघ १४ गते राति १२ बजेदेखि लागू हुनेछ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।