काठमाडौं । सोनाम ल्होछारको अवसरमा सरकारले भोलि (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
विज्ञप्तिमा माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जनाइएको छ ।
