Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नक्कली पीसीआर रिपोर्ट बनाउने चार जना प्रहरीको फन्दामा

नक्कली पीसीआर रिपोर्ट बनाउने चार जना प्रहरीको फन्दामा

दैनिकी न्यूज

१९, माघ २०७८
नक्कली पीसीआर रिपोर्ट बनाउने चार जना प्रहरीको फन्दामा
images

काठमाडौं । काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको थाहा भएको छ । कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारी माधव मैनाली र बिचौलिया नगेन्द्रकुमार यादवलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । नागरिक कम्युनिटी अस्पतालको ल्याबका मेनेजर प्रशन्न कुमार झा र बिचौलिया रोशन कुमार छिट्टान पक्राउ परेका छन् ।

Press release .jpg

 

 

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - १२:५५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology