Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको ठेचोमा गाडिएको अवस्थामा शव भेटियो

ललितपुरको ठेचोमा गाडिएको अवस्थामा शव भेटियो

दैनिकी न्यूज

२०, माघ २०७८
ललितपुरको ठेचोमा गाडिएको अवस्थामा शव भेटियो
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२, ठेचो, तरंगखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा मोहन लिम्बुको शव फेला परेको छ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही सुचनाका आधारमा ठेचोमा गएको अपराध महाशाखाको टोलीले एउटा घरको बाहिरपट्टि गाडिएको अवस्थाको लिम्बुको शव उत्खनन गरेको प्रहरीले जनाएको छ ।

बरामद शव तेह्रथुम स्थायी घर भएका ६२ वर्षीय लिम्बुको भएको र उक्त शव मंसिर २८ गते हत्या गरेर गाडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि माघ १२ गते मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो ।

त्यसबेला प्रहरीले सुनसरीको धरान-३  का ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका-४ का ३२ वर्षीय शम्भु चौधरीको शव फेला पारेको थियो ।

प्रहरीले मोरङमै घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ गर्दा ललितपुरमा पनि हत्या गरिएको सूचना पाएपछि अपराध महाशाखा, मोरङ प्रहरी खोजीमा जुटेको थियो ।

 प्रहरीले शव उत्खनन गरेर पोष्टमार्टमको लागि अस्पताल लगेको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - २१:०१:३६ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # शव

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology