काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा. प्रकाशशरण महतले पाएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नेता महतलाई पार्टी प्रवक्ता नियुक्त गरेका हुन्।
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेको जानकारी दिए।
नेता महत हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। सभापति देउवाका विश्वासपात्र नेता महत यसअघि पार्टी सहमहामन्त्री थिए।