Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि पशुपतिनाथ मन्दिर खुल्यो

आजदेखि पशुपतिनाथ मन्दिर खुल्यो

दैनिकी न्यूज

२८, माघ २०७८
आजदेखि पशुपतिनाथ मन्दिर खुल्यो
images

काठमाडौं । कोरोनाको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुला भएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको माघ २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले जनाएको छ।

विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले भनेको छ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०८:०८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology