Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

दैनिकी न्यूज

२८, माघ २०७८
जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु
images

दाङ । तुलसीपुर उपमहानगरपालिका–५ रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर ५ जनाको मृत्यु भएको छ। कोठा भाडामा लिएर बसेका ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिए।

‘एक महिला र चार पुरुषको शव निकालेर अस्पताल पठाएका छौं’, उनले भने, ‘राति करिब पौने दुई बजेदेखि पसलमा आगो लागेको थियो। जसले गर्दा कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ।’

आगलागी अझै पूर्ण नियन्त्रणमा आएको छैन।

आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, स्थानीयवासी परिचालन भएका छन्।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०८:१५:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology