Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सुनकोठीबाट हराएको बालकुमारी माईको मूर्ति भेटियो

सुनकोठीबाट हराएको बालकुमारी माईको मूर्ति भेटियो

केशव घिमिरे

२८, माघ २०७८
सुनकोठीबाट हराएको बालकुमारी माईको मूर्ति भेटियो
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मुर्ति प्रहरीले फेला पारेको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेक बहादुर कार्कीका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको शिव मन्दिरबाट शुक्रबार बिहान मुर्ति फेला परेको हो ।

अहिले मुर्तिलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्कीले बताए ।

माघ ९ गते मुर्ति चोरी भएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनका अनुसार विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेका थिए ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०८:३३:०६ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology