ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मुर्ति प्रहरीले फेला पारेको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेक बहादुर कार्कीका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको शिव मन्दिरबाट शुक्रबार बिहान मुर्ति फेला परेको हो ।
अहिले मुर्तिलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्कीले बताए ।
माघ ९ गते मुर्ति चोरी भएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनका अनुसार विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेका थिए ।