Logo

आइतवार, श्रावण २४ गते २०८३

images

टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएइसँग पराजित

टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएइसँग पराजित

दैनिकी न्यूज

२९, माघ २०७८
टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएइसँग पराजित
images

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध २५ रनको पराजित भएको छ । युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १६७ रन जोड्न सक्यो।

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन जोडेर आउट भए भने आसिफ शेखले २९ बलमा ३४ रन जोडे। आरिफ शेख ११ रनमा आउट भए।

१८औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी पनि ४१ रनमा आउट भएका थिए। ऐरीले ३३ बलमा ५ चौका हिर्काए।

टी–२० डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रन जोडे। अन्तिम बलमा आउट भएका उनले २ चौका र २ छक्का हिर्काए। शरद भेषवाकरले नटआउट १० रन जोडे।

बलिङमा युएईका रोहान मुस्ताफा र करिफ दाउदले २(२ विकेट लिए भने जुनइद सिद्धिकीले १ विकेट हात पारे।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ३ विकेटको क्षतिमा १९२ रन जोड्यो।

यो पनि पढ्नुहोस्

यूएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

 

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १५:२४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology