Logo

बुधवार, श्रावण २७ गते २०८३

images

झण्ठै पाँच किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ

झण्ठै पाँच किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ

दैनिकी न्यूज

१, फाल्गुण २०७८
झण्ठै पाँच किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ
images

काठमाडौं । झण्डै ५ किलो सुनसहित एक चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा ल्याउँदै गरेको करिब चार केजी आठ सय ४० ग्राम सुनसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय चिनियाँ नागरिक झाङ लिलाई प्रहरीले पक्राउ गरेको हो।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेटनजिक जाँच गर्ने क्रममा भित्री पोसाकभित्र चारवटा पोकामा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयकामा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १६:५९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology