Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

दैनिकी न्यूज

२, फाल्गुण २०७८
आयरल्याण्डसँग नेपाल १६ रनले पराजित
images

काठमाडौं । चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ।

१२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो।

पराजित भएसँगै नेपाल दुई खेलमा पराजय र एक खेलमा जितको नतिजासँगै २ अंकसहित पुछारमा रह्यो।


शृंखलाको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भने नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो।

ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्। पहिलो खेलमा सोहीदिन नेपालले आयोजक ओमानको सामना गर्नेछ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १९:०२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology