Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

३, फाल्गुण २०७८
कांग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए।

यसै सन्दर्भमा छलफल गर्न कांग्रेसले स‌ंसदीय दलको बैठक बोलाएको हो। प्रतिनिधि सभा बैठक बुधबार बस्दैछ।

यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०६:५८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology