Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको बागडोलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

ललितपुरको बागडोलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

दैनिकी न्यूज

३, फाल्गुण २०७८
ललितपुरको बागडोलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
images

ललितपुर । गएराति ललितपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

राति साढे १० बजे ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलमा बागमती प्रदेश ०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा बाँके घर भएका ३० वर्षीय गणेशकुमार थारुको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पोलमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति नै पाटन अस्पताल, लगनखेलमा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०९:५५:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology