काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।
प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले जानकारी दियो।
कांग्रेसबाहेक सत्ता साझेदार सबै दल एमसीसी संसद्मा पेश गर्न नहुने पक्षमा उभिएका छन् ।