Logo

बुधवार, श्रावण २७ गते २०८३

images

स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

दैनिकी न्यूज

४, फाल्गुण २०७८
स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्यासँग जोडिएको विषय भएकाले निवेदनलाई न्यायिक निरुपणको प्रक्रियमा आउन नदिनु गलत भएको भन्दै निवेदन दर्ता गर्न आदेश दिएको हो ।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि पूरा नहुने भन्दै त्यसलाई सार्न माग गर्दै निवेदन दिएका थिए ।

तर, सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले माघ २६ मा कुनैआधार बिना नै निवेदन ल्याइएको भन्दै दरपीठ गरेका थिए । खतिवडाले त्यसलाई खारेज गर्दै दर्ता गर्न आदेश दिएका हुन् ।

तत्कालीन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते भएको थियो। आगामी वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको कार्यकाल पूरा हुन नपाउने दाबी रिट निवेदनमा गरिएको छ। 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - २०:११:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology