Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओमानलाई नेपालले दियो ११८ रनको लक्ष्य

ओमानलाई नेपालले दियो ११८ रनको लक्ष्य

दैनिकी न्यूज

६, फाल्गुण २०७८
ओमानलाई नेपालले दियो ११८ रनको लक्ष्य
images


काठमाडौँ । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ११८ रनको विजय लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ११७ रन बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले अविजित १६ रन बनाए । सात बलको सामना गरे सन्दीपले एक छक्का र एक चौका हानेका थिए । यसैगरी लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १६ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

नेपालका ओपनद्वय कुशल भुर्तेल पाँच र आरिफ शेख चार रन जोड्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो । बलिङमा ओमानका खवार अलीले सर्वाधिक तीन विकेट लिए । विलाल खानले दुई तथा फयाज बट र जिसन मक्सोदले एक एक विकेट लिए । खराब ब्याटिङ गरेको नेपाललाई जित निकाल्न अब बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - १४:००:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology