Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘ए’ डिभिजन लिगको बाह्रौँ चरणको खेल आजदेखि, दुई खेल हुँदै

‘ए’ डिभिजन लिगको बाह्रौँ चरणको खेल आजदेखि, दुई खेल हुँदै

दैनिकी न्यूज

७, फाल्गुण २०७८
‘ए’ डिभिजन लिगको बाह्रौँ चरणको खेल आजदेखि, दुई खेल हुँदै
images

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि बाह्रौँ चरणको खेल सुरु हुँदैछ ।

आज दुई वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

दुवै टोलीलाई रेलिगेसनमा पर्नबाट जोगिन जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर अङ्कतालिकाको १२औँ स्थानमा छ । समान खेलमा च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ । शनिबारको खेलमा बराबरी नतिजा आए, त्यो दुवैलाई फाइदा भने हुने छैन् ।

यस्तै दोस्रो खेलमा ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दैछन् । मच्छिन्द्र ११ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा छ । थ्री स्टार १८ अङ्ककासाथ चौथो स्थानमा छ । मछिन्द्रले यसअघि नै लिग उपाधि जितिसकेको छ, त्यसैले यो खेलको मज्जा त्यति नहुनेछ, जति अन्य स्थितिमा हुने थियो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ११:१५:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology