Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलको पहिलो शतक

फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलको पहिलो शतक

दैनिकी न्यूज

७, फाल्गुण २०७८
फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलको पहिलो शतक
images

काठमाडौं । ओमानमा भइरहेको टी–२० विश्वकप छनौट अन्तर्गतको दोस्रो खेलमा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ओमानको अल अमेरातमा भइरहेको फिलिपिन्सविरुद्धको खेलमा शतक प्रहार गरेका हुन् । उनले ५७ बल खेल्दै १०० रन पुरा गरेका हुन् ।

कुशलको टी–ट्वान्टीमा पहिलो शतक हो । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।

यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - १३:२३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology