Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलको पहिलो शतक

फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलको पहिलो शतक

दैनिकी न्यूज

७, फाल्गुण २०७८
फिलिपिन्सविरुद्धको खेलमा कुशल भुर्तेलको पहिलो शतक
images

काठमाडौं । ओमानमा भइरहेको टी–२० विश्वकप छनौट अन्तर्गतको दोस्रो खेलमा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ओमानको अल अमेरातमा भइरहेको फिलिपिन्सविरुद्धको खेलमा शतक प्रहार गरेका हुन् । उनले ५७ बल खेल्दै १०० रन पुरा गरेका हुन् ।

कुशलको टी–ट्वान्टीमा पहिलो शतक हो । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।

यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - १३:२३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology