Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य

नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य

दैनिकी न्यूज

७, फाल्गुण २०७८
नेपालले फिलिपिन्सलाई दियो २१९ को विशाल लक्ष्य
images

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ।

कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।

ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए ।

नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन बनाए। कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए। लोकेश बम ६ रनमा नटआउट रहे।

फिलिपिन्सविरुद्धको २१८ रन नेपालले टी–२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो योगफल हो।

यसअघि नेपालले कीर्तिपुरमा नेदरल्याण्ड्सविरुद्ध २३८ र भुटानविरुद्ध २३६ रन बनाएको थियो।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - १३:३१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology