काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
अंकतालिकामा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। क्यानडा र ओमानको समान २-२ अंक भएपनि रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ।
दुवै खेल हारेको फिलिपिन्स पुछारमा छ। अब अन्तिम खेलमा नेपालले सोमबार क्यानडाको सामना गर्नेछ। अंक तालिकाको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो।