Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेपालले क्यानडाको सामना गर्दै

आज नेपालले क्यानडाको सामना गर्दै

दैनिकी न्यूज

९, फाल्गुण २०७८
आज नेपालले क्यानडाको सामना गर्दै
images

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ । नेपाल र क्यानडाबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।

क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । क्यानडासँग पराजित भएपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । नेपालको नेटरनरेट ४।३७५ छ । समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न नेपालले क्यानडालाई हराउनुपर्छ ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानाडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानाडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यस्तै फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - ०६:१९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology