Logo

आइतवार, श्रावण २४ गते २०८३

images

युएईविरूद्ध बलिङ गर्दै नेपाल

युएईविरूद्ध बलिङ गर्दै नेपाल

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
युएईविरूद्ध बलिङ गर्दै नेपाल
images

काठमाडौं । आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालको सुरुवाती–११ मा कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, विवेक यादव, कमलसिंह ऐरी र अभिनास बोहरा छन्। 

अष्ट्रेलियामा यसै वर्ष हुने आईसीसी टी–ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले आजको खेल जित्नै पर्ने छ । नेपालले समूह चरणका तीनवटै खेल जितेर अन्तिम चारमा प्रवेश गरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपाल प्रतियोगिताको एकमात्र अपराजित टोली हो । नेपालले सोमबार क्यानडामाथि ८ विकेटको सहज जित निकालेको थियो । सबै ३ खेल जितेर समूह ‘बी’ को विजेता बनेको नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - १५:३३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology