Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य
images

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुवात गरेको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

टी२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । 

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी(ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - १७:२३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology