Logo

आइतवार, श्रावण २४ गते २०८३

images

युएईद्वारा नेपाल पराजित

युएईद्वारा नेपाल पराजित

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
युएईद्वारा नेपाल पराजित
images

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपाल युएईसँग पराजित भएको छ।

आजको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ। यो सँगै नेपालको टी–२० विश्वकपमा छनोट हुन पनि असफल भएको छ।

ओमानको अल अमेरातमा युएईले दिएको १७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १०७ रन जोड्यो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए भने ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन बनाए। विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्।

युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेकाे थियाे । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - १९:०५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology