काठमाडौं । प्रहरीले नक्कली जग्गा धनीपूर्जा देखाएर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली लालपुर्जा देखाएर ठगी गर्ने हितबहाददुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनले काठमाडौं बस्दै आएका रामेछापकी कृष्णमाया घिसिङलाई काठमाडौंस्थित साँखुमा जग्गा मिलाइ दिन्छु भनि ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले उक्त जग्गा ३५ लाखमा मिलाइ दिन्छु भनी जग्गाको लालपुर्जा र नक्सा उपलब्ध गरी ३५ दिनमा जग्गा पास गरी दिन्छु भनी ३३ लाख रुपैया लिएर पनि जग्गा पास नगरेको पाइएको छ । उनले अरुको जग्गा आफ्नो भन्दै नक्कली पुर्जा र नक्सा बनाएर ठगी गरेका प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बुढाथोकीलाई महानरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।