Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै
images

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल आज अपरान्ह ३ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ।

सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित हुँदै विश्वकप खेल्न बञ्चित भएका थिए। अब यी दुवै टिम यो प्रतियोगिताको सुःखत अन्त्य गर्न चाहन्छन्।

जारी प्रतियोगिताको समूह चरणमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो। त्यस्तै, दोस्रोमा नेपालले फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

तर, नेपालले सेमिफाइनलमा यूएईसँग ६८ रनले हार बेहोर्दै फाइनल पुग्न असफल भयो।

ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो ।

ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०९:४३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology