काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ९ विकेटको फराकिलो अन्तरले आज पराजित गरेको हो ।
ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १६.२ ओभरमा पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५३ बलमा नटआउट ५५ रन जोड्ने क्रममा ३ चौका र २ छक्का हिर्काए।
यस्तै आरिफ शेखले नटआउट २१ रन जोडे। उनले २७ बल खेल्दा १ चौका प्रहार गरे।
त्यसअघि अर्का ओपनर आसिफ शेख १३ रनमा आउट भएका थिए।
सेमिफाइनलमा पराजित भएका दुवै टिम टी–२० विश्वकपमा पुग्न भने असफल भएका थिए।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो ।
ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।