Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको मंगलबजारबाट १२ जना जुवाडे प्रहरीको नियन्त्रणमा

ललितपुरको मंगलबजारबाट १२ जना जुवाडे प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
ललितपुरको मंगलबजारबाट १२ जना जुवाडे प्रहरीको नियन्त्रणमा
images

ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजार स्थित टंगाल निरज खड्गीको गाडी ग्यारेजभित्र १२ जना जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति जुवा खालबाट ८८ हजार ६५५ रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी सिद्धिविक्रम शाहले जानकारी दिए

पक्राउ पर्नेमा ललितपुर–६ का श्याम खड्गी, ललितपुर–८ बालकुमारीका रमेश महर्जन, सौगलका सविन महर्जन, गुईटोलका बाल महर्जन, मकवानपुर घर भई हाल च्यासल बस्ने विजय जिम्मा, ललितपुर–८ का पुष्प खड्गी, ज्ञान बहादुर महर्जन, ललितपुर–१२ का राजेन्द्र अवाले, कमल शाक्य, राजेश राज राजकर्णिकार, सगुन शाक्य र जीवन राई रहेका छन् ।

जुवा खालबाट प्रहरीले २ सेट कौडा, २ सेट पासा र २ सेट ताससमेत बरामद गरेको छ । उनीहरुले अनलाईन मार्फत भुक्तानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । अनलाइन मार्फत भुक्तानी गरेको बारे अनुसन्धान भइरहेको एसपी शाहले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ०९:०४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology