Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संसद बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

संसद बैठक फागुन १५ गतेसम्मका लागि स्थगित

दैनिकी न्यूज

१३, फाल्गुण २०७८
संसद बैठक फागुन १५ गतेसम्मका लागि स्थगित
images

काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।


गत आइतवार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो।

अमेरिकाले आगामी फागुन १६ अर्थात् सोमबारसम्ममा एमसीसीसम्बन्धी सम्झौता पास भइसक्नुपर्ने अडान लिएको छ।

अब अमेरिकाको अडान अनुसार आइतवार र सोमबारसम्म एमसीसीको छिनोफानो गर्नुपर्ने बाध्यता सरकारमाथि आएको छ। ​

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - १२:३१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology