Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फाप्ला सरकारको ड्रिम प्रोजेक्ट : मन्त्री अथक

फाप्ला सरकारको ड्रिम प्रोजेक्ट : मन्त्री अथक

दैनिकी न्यूज

१४, फाल्गुण २०७८
फाप्ला सरकारको ड्रिम प्रोजेक्ट : मन्त्री अथक
images

धनगढी । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो “ड्रिम प्रोजेक्ट” रहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढी पुगेका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरिएको जानकारी दिए । हालै मात्र मन्त्रिपरिषदको बैठकबाट मैदान निर्माणका लागि स्वीकृति प्राप्त भएको बताउँदै मन्त्री अथकले १५ अर्ब रकम लागत अनुमान गरिएको समेत जानकारी दिए ।

भौगोलिक उपलब्धता प्रर्याप्त भएको फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउँदै मन्त्री अथकले भने, “जमिनको उपलब्धताले यो नै नेपालकै सबैभन्दा ठुलो मैदान हो, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ ।” क्रिकेटका अलावा फाप्लामा खेलका अन्य पुर्वाधारहरू समेत निर्माण गरीने उनले प्रष्ट पारे ।
बहुवर्षिय योजनाको मोडालिडिमा निर्माण गर्ने भनिएको फाप्ला मैदानमा केन्द्र सरकारका अलावा प्रदेश र स्थानिय सरकारका साथै निजि क्षेत्रको समेत लगानि समेटिने बताउँदै मन्त्री अथकले समयमै (३ वर्षभित्रै) मैदान निर्माण सम्पन्न गर्न स्थानियस्तरबाट निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

एक फरक प्रसंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताए । “राज्य विशेषगरी सिंहदरबारले खेलकुदलाई उनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको छ” खेलप्रति राज्यको दृष्टिकोण प्रति असन्तुष्टि ब्यक्त गर्दै मन्त्री अथकले भने, “यसप्रकारको दृष्टिकोणलाई बदल्नु नै अहिलेको प्रमुख चुनौति बनेको छ । अब खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्छ ।”
शुक्रबार नै मन्त्री अथकसहितको टिमले धनगढी रंगशालाको निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको थियो । अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७८ शनिवार - १६:०२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology