Logo

बुधवार, श्रावण २७ गते २०८३

images

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादी केन्द्रको निर्णय

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादी केन्द्रको निर्णय

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादी केन्द्रको निर्णय
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) लाई पारित गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको माओवादीका नेताले जानकारी दिए।

माओवादी केन्द्रले यो निर्णयसँगै संसदमा टेबल भएको एमसिसी पारित हुने दिशामा गएको छ।

एमसिसीका कारण सत्तारूढ गठबन्धन नै भत्किने अवस्था बनेपछि दलहरूले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको ‘इन्टरप्रेटिभ डिक्लेरेसन' (व्याख्यात्मक घोषणा) मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेका हुन्।

खुमलटारको बैठकपछि अध्यक्ष दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार गएका छन् ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ११:०४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology