काठमाडौँ । नायक पल शाहले आफै प्रहरीसमक्ष उपस्थित हुने बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत आइतबार आफू प्रहरी समक्ष जाने जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म "म यस्तो गित गाउछु २" गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।'
